तनँहु,१६ मंसिर । तनँहु जिल्ला अदालतबाट फैसला पश्चात चोरी र सार्वजनिक अपराध मुद्दा सम्मिलित दुई जना पक्राउ परेका छन । दुई जना लुकिछिपि घरमै बस्दै आएको अवस्थामा आइतबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा तनहुँ आबुखैरेनी गाउपालिका वडा न ४ खसा्ङ बस्ने नन्द बहादुर गुरुङ र तनहुँ म्याग्दे गाउपालिका वडा न २ काफलथोक बस्ने आयुष घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी अशोक थापाले जानकारी दिनुभयो ।
गुरुङलाई १ महिना कैद र १६,८४० रुपैया जरिवाना तोकिएको थियो भने घिमिरेलाई १००० जरिवाना तोकिएको प्रहरीले जनाएको छ ।
दुबै जनालाई तनहुँ जिल्ला अदालत उपस्थित गराइएको छ ।