काठमाडौं,१६ मंसिर। प्रमुख राजनीतिक दलहरुलाई पछि पार्दै कालिकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्ष नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले जितेको छ ।
नेमकिपाका खड्गराज शाहीले १४३ मत ल्याएर वडाध्यक्ष जित्नुभएकाे छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नैसोभा शाहीले ११५ मत ल्याउनुभएकाे छ ।
नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले भने तेस्रो र चौथो मत ल्याएका छन् । एमालेका ऐनबहादुर शाहीले ७८ र कांग्रेसका पैलबहादुर शाहीले ५९ मत पाए । राप्रपाका गोगनबहादुर शाहीले १७ र रास्वपाका गगन बलमे ५ मत ल्याए ।