काठमाडौं, १९ मंसिर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौंले जिल्लाव्यापी खेलकुद सप्ताह– २०८१ को आयोजना गर्ने भएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसोसिएसनले सातौँ संस्करणअन्तर्गतको उक्त खेलकुल सप्ताह खेलकुद सप्ताह आगामी मंसिर २१ गतेदेखि सुरु हुने जनाएको हो ।
खेलकुद सप्ताहले विद्यार्थीहरुमा शारीरिक, मानसिक र समाजिक विकासलाई प्रवर्धन गर्दै संस्थागत विद्यालयहरुकाबीच आपसी एकता, सहकार्य, र मित्रताको भावना विकास हुने एसोसिएसनले जनाएको छ ।
सप्ताहव्यापी खेलकुदमा विभिन्न विधामा १२० वटाभन्दा बढी विद्यालयले सहभागिता जनाउने बताइएको छ । सप्ताहव्यापी खेलकुदमा मुख्य गरी पाँचवटा विधामा प्रतिस्पर्धा गराइने, चारवटा विधा सदस्य विद्यालयहरुको सहभागितामा सशुल्क तथा एउटा विधा मार्चपास भने निःशुल्क सञ्चालन गरिने आयोजकले जनाएको छ ।