काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकका लागि आवश्यक शिक्षासम्बन्धी ऐनलाई छिटो ल्याउनुपर्ने बताउनुभएको छ ।
बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित शिक्षा नीति बहसलाई सम्बोधन गर्दै देउवाले शिक्षा क्षेत्रलाई थप बलियो बनाउनका लागि आवश्यक शिक्षासम्बन्धी ऐनलाई छिटो ल्याउनुपर्ने बताउनुभएको हो ।
उहाले उच्च शिक्षा हासिलका लागि विदेशीनुपर्ने अवस्थालाई रोक्नका लागि नेपालमा नै उच्च शिक्षाको गन्तव्य बनाउनुपर्नेमा जोड दिनुभयो । देउवाले स्वदेशी मात्रै नभइ विदेशी विद्यार्थीहरुलाई समेत नेपालमा आएर शिक्षा प्राप्त गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
उहाले युवालाई स्वदेशमै रहने वातावरण मिलाउन र शिक्षालाई सीप र सीपलाई रोजगारीसँग जोड्नका लागि पाठ्यक्रममा आवश्यक सुधार गर्नुपर्ने धारणा राखनुभयो ।