काठमाडौं, २१ मंसिर । विराटनगरमा पालिका सभापतिहरूको भेला गरेर नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी संस्थापनमाथि दबाब बढाएका छन् ।
आगामी वर्ष मंसिरभित्रै १५औं महाधिवेशन गरिनुपर्ने अडानसहित गत १८ मंसिरमा कोइरालाले पालिका सभापतिहरूको भेला गरेका छन् । यो भेलामा ११३ जना पालिका सभापति आएको कोइराला निकट नेताहरूको दाबी छ । यद्यपि संस्थापन पक्षले यो दाबी खण्डन गरेका छन् ।
‘पार्टीले पत्र पठाएपछि (विराटनर) आएकाहरू पनि सहभागी नभई फर्किए,’ एक पदाधिकारी भन्छन् । कोइरालाले पालिका सभापतिहरूको भेला राखेपछि संस्थापनले कुनै कार्यक्रम नरहेको पत्र सार्वजनिक गरेको थियो ।
तर, संस्थापनको चेतावनीबीच नेताहरू भेलामा आएको कोइराला निकट नेताहरूले बताएका छन् । पार्टीको हितमा आवाज उठाइएकाले नेताहरू भेलामा आएको कोइराला पक्षको दाबी छ ।