गल्याङमा सुरु भयाे गड्यौला मल उत्पादन तालिम

२०८१ मंसिर २२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल
स्याङ्जा, २२ मंसिर । विभिन्न जिल्लामा किसानहरूले रासायनिक मलको विकल्पका रूपमा गड्यौला मल उत्पादन सुरु गरेका छन। जसले खेतीयोग्य माटोको उर्वराशक्ति बढाउन र वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्छ । नेपालमा गड्यौला मल उत्पादन व्यवसायले लोकप्रियता पाइरहेको अवस्थालाई मध्ये नजर गर्दै गल्याङमा पनि कृषकलाई उक्त तालीम दिईएको छ ।

नेपालमा प्राकृतिक स्रोतको उपयोग मार्फत उद्धम विकास र उत्थानशीलता प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषकलाई एक दिने तालिम दिएको हो । IDE  प्रोजेक्टको आर्थिक सहयोग, आपसी सहयोग केन्द्र आक्स नेपाल स्याङ्जाको सहजीकरण, गल्याङ नगरपालिकाको समन्वय, श्री शुभबिहानी सहकारी संस्था र परिवर्तन बहुउद्देश्यीय सहकारी संस्था गल्याङको सहकार्यमा कृषकहरूलाई १ दिने गड्यौला मल उत्पादन, यसको उपयोग, प्रशोधन, लेबलिङ, प्याकिङ तथा बजारीकरण एवम् जैविक मलले खेती उत्पादन र जनस्वास्थ्यमा पार्ने सकारात्मक प्रभाव विषयक तालिम गल्याङ नगरपालिका ३ गल्याङमा शुक्रबार सम्पन्न भएको छ ।

उक्त तालिममा गल्याङ नगरपालिकाका १,२,३,७ र ११ वडाका १५० जना महिला तथा पुरुषको सहभागिता रहेको थियो । सहभागीको संख्या बढी भएको हुँदा उक्त कार्यक्रम ४ दिन सम्म संचालन भएर शुक्रबार सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै गल्याङ नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराईले गड्यौला मलले कम लागतमा उच्च उत्पादन सुनिश्चित गर्न र जैविक खेतीलाई प्रोत्साहन गर्न सहयोग पुर्याउने, जसले गर्दा किसानलाई आर्थिक रूपमा सबल बनाउने सकिने बताउनुभयो ।

त्यसैगरी वडा नं(३ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईले रासायनिक मल विषादी निरुत्साहित,जैविक मल बनाउने विधि, फाइदा, गड्यौली मल उत्पादनका लागि पिट निर्माण गर्ने लगायतका उद्देश्यले गरिएको यो तालिमले कृषकलाई अत्यन्तै लाभदायक हुने र भविष्यमा यसैबाट प्रशस्त आयआर्जन गर्न सकिने बताउनुभयो ।

संस्थाका अध्यक्ष दर्वेन्द्र देव खनालको अध्यक्षतामा सम्पन्न तालीमको सहजीकरण संस्थाका कार्यक्रम अधिकृत विशाल थारु, कृषि उपज बजारीकरण सुपरभाइजर छवि भट्टराई र कृषि प्राविधिक अमृता पोख्रेलबाट गरिएको थियो ।

उक्त तालिमामा सहभागी सदस्यहरुलाई गडयौली मल उत्पादनका लागि आवश्यक पिट बनाउनका लागि अनुदान र निस्शुल्क रुपमा उन्नत जातका ५ केजी सम्म गड्यौला प्रदान गरिने कृषिउपज बजारीकरण सुपरभाइजर छवि भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय