काठमाडौं, ३० मंसिर । नेपाल राष्ट्र बैंक पूर्वकर्मचारी संघको केन्द्रीय अध्यक्षमा अश्विनीकुमार ठाकुर चयन भएका छन् ।
राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक ठाकुर शनिबार भएको २३औं वार्षिक साधारणसभाबाट सर्वसम्मतिले अध्यक्ष चुनिएका हुन् ।
संघको उपाध्यक्षमा भोलानाथ प्रेमी उपाध्याय चयन भएका छन् भने सदस्यहरूमा नवराज फुँयाल, शिवकृष्ण महर्जन, कमलप्रसाद ज्ञवाली, दीपकबहादुर खड्का, बसन्ती श्रेष्ठ, टिकाप्रसाद उपाध्याय, गौरीशंकर श्रेष्ठ, प्रमोदप्रसाद नेपाल, कृष्णहरि पुडासैनी र बाबुराम आचार्य छानिएका छन् ।
कार्य समितिको कार्यकाल तीन वर्षको हुनेछ ।