लाङ्घाली युवा क्लबको भलिबल तथा सांस्कृतिक कार्यक्रम

२०८१ पुष २, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा,२ पुस । “स्वास्थ्यका लागि खेलकुदमा ध्यान, संस्कृति जगेर्नामा हाम्रो अभियान” भन्ने मूल नारा सहित  भिरकोट नगरपालिका ३ गुमार्दी रानागाउ मा लाङ्घाली युवा क्लबले भलिबल तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा साविकको वडा स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता, भेट्रान्स र विविध सांस्कृतिक कार्यक्रम सहित दुई दिने कार्यक्रम रहेको थियो। सुरुवाती समयमा मंसीरको धनधान्य पूर्णियामा नौलो बाल देवीको पूजा गरेर सुरुवात गरिने कार्यक्रम आज भोलि भलिबल प्रतियोगिता २३ गते सुरुवात गरी मंसिर पूर्णियाको दिन आईतबार नौलो बाल देवीको धुमधामले पूजा आजा गरी सांस्कृतिक कार्यक्रम सहित रमाइलो गरिएको थियो।

सुरुवातको समयमा हालका वडा सदस्य प्रेम रानाको अध्यक्षतामा सुरु भएको लाङ्घाली युवा क्लब हालमा क्लबको अध्यक्ष विकास राना रहनु भएको छ। देश विदेशमा रहने तथा स्थानियको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न गर्दै आएको क्लबका पूर्व अध्यक्ष सन्तोष रानाले जानकारी गराउनुभयो। हाल देश विदेशमा रहने र स्थानिय सहयोगमा सांस्कृतिक तथा प्रतियोगिता कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी उहाले गराउनुभयो ।

भलिबल प्रतियोगितामा  भिरकोट तीनको शुभकामना युवा क्लब कोखे देउराली प्रथम स्थान हात पार्न सफल भएको छ ५० हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ। त्यसैगरी पैंतीस हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्दै आयोजक लाङ्घाली युवा क्लब दोस्रो स्थान हात पार्न सफल रहेको छ। त्यसै गरी पच्चीस हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्दै वालिङ्ग नगरपालिकाको संगम युवा क्लब एलादी तेस्रो स्थान हात पार्न सफल भएको छ।

लाङ्घाली युवा क्लबका अध्यक्ष विकास रानाको अध्यक्षतामा सुरुवात भएको उक्त कार्यक्रममा भिरकोट ३ का वडा अध्यक्ष केशर बहादुर खड्का,वडा सदस्य प्रेम राना, धन बहादुर राना, स्थानिय बौद्धिक व्यक्तित्व विभिन्न पदमा रहनुभएका पदाधिकारी आमा समुह, युवा क्लब, विभिन्न राजनैतिक दलमा रहनुभएका पार्टीका प्रतिनिधि तथा शुभचिन्तक र खेल प्रति मोह हुने स्थानीयको सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न ठाउँबाट भलिबल टीम सहित क्लब का खेलाडीहरूको सहभागिता रहेको थियो।

महिला तर्फ पोखरा रामबजार भलिबल टिम प्रथम हुँदै १६ हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्न सफल रहेको छ । लाङ्घाली युवा क्लब महिला तर्फ दोस्रो हुँदै ११ हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र आफ्नो पोल्टामा पार्न सफल भएको छ। त्यसै गरी वालिङ्ग नगरपालिका को जनहित युवा क्लब बांखे तेस्रो स्थान हात पार्दै सात हजार नगद ट्रफि मेडल र प्रमाण पत्र ले पुरस्कृत भएको छ।

खेलको विधा तर्फ भिरकोट तीन देउराली शुभकामना युवा क्लबका शुशिल र इमानदार व्यक्तित्व शुशिल खड्का बेष्ट प्लेयर घोषित हुनुभएको छ। त्यसै गरी शुभकामना कै निश्चल खाती वेस्ट लिफ्टरमा पुरस्कृत हुनु भएको छ भने सागर खड्का उदयमान खेलाडीमा चुनिनु भएको छ। बाकी विधा तर्फ भिरकोट तीन गुमार्दी लाङ्घाली युवा क्लबका शिशिर राना वेस्ट डिफेन्डर रहनुभएको छ। त्यसै गरी वेस्ट स्पाइकर मा संगम युवा क्लब एलादीका भुपेन गुरुङ्ग सेलेक्ट हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय