पूजा खड्का
स्याङ्जा, ६ पुस । पुतलीबजार नगरपालिकाको काजीमान हरि टिका माध्यमिक विद्यालयको शुक्रबार विद्यालयको ५४ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम पूर्व मन्त्री गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै उहाले विद्यालय मा विज्ञान प्रदर्शनी गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो। त्यसैगरी उहाले पहिलेको तुलनामा विद्यालयमा विद्यार्थी संख्या बढेको देख्दा आफूलाई खुशी लागेको व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले विज्ञान प्रदर्शनी गरेर विद्यालयले राम्रो काम गरेको बताउँदै अवसर पाए विद्यार्थीहरुले विविध प्रविधिमा जोडिएर विविध काम गर्न सक्छन् भन्ने बताउनुभयो । उहाले विज्ञान प्रदर्शनीले विद्यार्थीलाई जिज्ञासु बनाउन सहज भएको बताउनुभयो।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले शिक्षामा विज्ञान र प्रविधि आजको आवश्यकता रहेको बताउँदै विज्ञान र प्रविधि मार्फत विद्यार्थीलाई अघि बढाउन सकेको खण्डमा सिपमुलक तरिकाले ज्ञान प्राप्त गर्न सक्ने बताउनुभयो।
विज्ञान प्रदर्शनी कार्यक्रममा बिद्यार्थीहरुले विज्ञान र प्रविधि सम्बन्धी विभिन्न सामग्री र प्रोजेक्टहरु प्रस्तुत गरेका थिए। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इ अनुप श्रेष्ठको अध्यक्षतामा मा सुरुवात भएको उक्त कार्यक्रमको सञ्चालन युवराज पौडेल ले गर्नुभएको थियो। कार्यक्रममा गण्डकी प्रदेशको बक्तित्व कलामा उत्कृष्ट विद्यालयका विद्यार्थी रितिका केसीले स्वागत मन्तव्य राख्ननु भएको थियो । उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्य, ज्योति बोर्डिङ्गका प्रिन्सिपल बुद्धिसागर त्रिपाठी, महेन्द्रमान व्यथित लगायत राजनैतिक दलका नेताहरु, स्थानिय बौद्धिक व्यक्तित्वहरू सङ्ग संस्थामा आबद्ध पदीय व्यक्तित्वहरू, अभिभावक विद्यार्थी हरुको सहभागिता रहेको थियो।