राष्ट्र प्रति राष्ट्रियता झल्काउने भावको शिक्षा आजको आवश्यकता : सांसद थापा

२०८१ पुष २१, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

पूजा खड्का
स्याङ्जा,२१ पुस । राष्ट्र प्रति राष्टियता झल्काउने शिक्षा विद्यार्थीलाई सिकाउन आवश्यक रहेको भन्दै संघीय सांसद तथा संविधान सभा सदस्य राजु थापाले आफ्नो धारणा व्यक्त गर्नुभयो।

उहाले चापाकोट नगरपालिका वडा नम्बर ४ दार्सिङ्ग राममन्दिर माबिको स्वर्ण महोत्सव कार्यक्रमको समापनमा आईतबार बोल्दै विद्यार्थीलाई  राष्टको लागि योगदान गर्न सक्ने बनाउन आबस्यक रहेको बताउनुभयो।

आफ्नो माटोमा केही गर्न सक्ने बनाउनुपर्छ भन्दै राष्ट्रियता झल्काउने गरी पढाउन सम्पूर्ण शिक्षक शिक्षिका लाई सुझाब गर्नुभयो। उहाले आत्मनिर्भर हुने उत्पादन मा जोड दिने शिक्षा परिमार्जनको आवश्यक छ दै छ साथमा सिकेको सीप राष्ट्रमा प्रयोग गरेर राष्ट्रको लागि योगदान गर्न सक्ने बन्नुपर्छ भन्ने शिक्षा हामीले सिकाउनुपर्छ भन्ने विषयमा जोड दिनुभयो। विश्व बजारमा प्रतिस्पर्धा गर्ने प्रविधि मैत्री शिक्षा को विकास गर्न देशको बजेटको ४० प्रतिशत बजेट आवश्यक रहने जानकारी गराउदैं यसको लागि सांसद मा छलफल चलिरहेको बताउनुभयो। शिक्षा प्रणाली सुधार आवश्यक छ भन्दै उहाले शिक्षा स्वास्थ्य र आर्थिक अवस्था मजबुत हुने किसिमको शिक्षा परिमार्जन आवश्यक रहेको जानकारी गराउनु भयो। सांसद मा छलफल चलिरहेको शिक्षा विधेयक पास भयो भने शिक्षकको लागि मात्र नभएर विद्यार्थीको लागि र समग्र विकासका लागि कोसे ढुङ्गा साबित गर्नेछ भन्ने जिकिर गर्नुभयो। विकास नै नभएको होइन तर अन्य देशको तुलनामा विकास मा देश अघि जान सकेको छैन भन्ने विषय लाई स्वीकार गर्दै राष्ट्रमा केहि गर्ने गरी सबै जना अघि बढ्यो भने विकास गर्न सकिन्छ भन्दै देशमा प्रसस्त सम्भावना रहेको जिकिर गर्नु भयो।

कार्यक्रममा बोल्दै उहाले राम मन्दिर विद्यालयको कम्पाउन्ड, ज्याग्दी करिडोर, तटबंधन ,मिर्दी भिमाद सडक विविध क्षेत्रमा प्रदेश संघ मा पुर्याएर समग्र विकास गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

देशमा भएको कांग्रेस र एमाले को गठबंधन सहित को बहुमतको सरकार भ्रष्टाचारी बचाउन भन्ने आरोप छ त्यो नभै अव भ्रष्टाचारी लाई कारबाही हुँदैछ भन्ने बताउनुभयो। त्यसै गरी उहाँले अव अर्थतन्त्र को सूचक बलियो हुँदैछ भन्ने धारणा व्यक्त गर्नुभयो। अहिलेको गठबन्धनको सरकारले आम मानिसको निराशालाई चिर्ने सक्नुपर्छ भन्दै भ्रष्टाचारीलाई कारबाही र अर्थतन्त्रको सूचक बलियो हुनेगरी आयआर्जन गर्न सक्छौं भन्ने सन्देश छर्न सक्नुपर्छ भन्दै शिक्षा स्वास्थ्य र अर्थतन्त्रको क्षेत्रमा अहिलेको गठबन्धनको सरकार सकारात्मक सूचक बन्नुपर्ने बताउनुभयो।

आँधीखोला, कालीगण्डकी र ज्याग्दीखोला को संगम समग्र स्याङ्जाको सभ्यता बोकेको बताउँदै ज्याग्दीखोला ले धेरै स्रष्टा उत्पादन गरेर नाम चलाएको छ पहिचान बनाएको छ भन्ने बताउनुभयो। उहाले यो वर्ष डी पि आर गर्न नसकेर रोकिएको ज्याग्दी करिडोर अव आउने आर्थिक वर्षमा पहल गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसै गरी उहाले ज्याग्दी खोला को पहिचान को लागि धेरैले योगदान गर्नुभएको छ त्यसमा पनि शिव गिरी उहाँ हामी माझ नभए पनि ठूलो योगदान गर्नुभएको भन्दै श्रद्धान्जली व्यक्त गर्दै स्मरण गर्नु भएको थियो।

त्यसै गरी स्वास्थ्य को क्षेत्रमा अहिले एक लाखको बीमा छ त्यसलाई पाँच लाखको स्वास्थ्य बीमा बनाउने पहल भएको र त्यो सफल भएमा विरामी भएर ऋण खोज्न नपर्ने बताउनुभयो। उहाले जल स्रोत को प्रसस्त सम्भावना भएको हाम्रो देशमा विद्युत हाइड्रोपावर बढाएर ठूला ठूला योजनाको शेयर लाई सरकारले आय आर्जन गर्न सघाउने व्यवस्था गरेको छ ऊर्जा मन्त्रीले त्यस सम्बन्धी व्यवस्था मिलाउनु भएको छ भन्ने जानकारी गराउँदै विकासमा प्रतिबद्ध भएर अघि बढ्ने जानकारी गराउँदै देश भित्र नै केहि गर्नुपर्छ देश बनाउनुपर्छ भन्ने भाव झल्कने गरी अघि बढ्नुपर्छ देशको विकासका लागि चिन्तन आवश्यक र देशको माटोका केही गर्नुपर्छ भन्ने भान झल्काउने गरी काम गरे विकास गर्न सकिन्छ परिवर्तन ल्याउन सकिन्छ भन्ने धारणा व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय