प्रभु बैंकको साधारणसभा सम्पन्न : संचालक समितिमा ६ जना निर्वाचित

२०८१ माघ १, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ, १ माघ । सोमबार काठमाडौमा भएको २३ औं साधारणसभा बाट प्रभु बैंकले नयाँ नेतृत्व पाएको छ । आगामी ४ बर्षको लागि साधारणसभाले ६ जनालाई नेतृत्वको लागि सर्वसम्मत चयन गरेको हो ।

बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा भएकाे २३औं वार्षिक साधारणसभा बाट संस्थापक समूह तर्फ अम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह र  बृष बहादुर बस्नेत र सर्वसाधारण समूहतर्फ सुरज कुमार श्रेष्ठ, राजु पौडेल र किशोरजङ्ग कार्की गरी ६ जना सञ्चालक आगामी ४ वर्षको कार्यकालको लागि निर्वाचित हुनुभएको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा बसेको बैंकको साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व. ०८०÷०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको थियाे । बैंकको २३औं वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको र प्रभु स्टक मार्केट लि. को गत आ.व. २०८०÷०८१ को एकीकृत (Consolidated) वित्तीय विवरण पनि पारित गरेको छ ।

प्रभु बैंकले देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ्ग सेवा, ७९ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, २८६ वटा एटिएम तथा ३११ वटा शाखा कार्यालयहरु सहित देशभर फैलिएको  आफ्नाे बैंकिङ्ग सञ्जालको माध्यमबाट ३५ लाख भन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार