सुष्मा अर्याल
स्याङ्जा,४ माघ । गल्याङ नगरपालिका ९ गेझा गौमुख स्थित ज्ञानोदय माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समापन समारोह, स्वर्ण स्तम्भ उद्घाटन एवम् स्मारिका विमोचन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गल्याङ नगरपालिका नगर प्रमुख गुरु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा बिहिबार गल्याङ नगरपालिका ९ गेझा गौमुख स्थित ज्ञानोदय माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समापन समारोह, स्वर्ण स्तम्भ उद्घाटन एवम् स्मारिका विमोचन कार्यक्रम सम्पन्न भएको हाे।
२०३१ सालमा स्थापना भएको विधालयले यहि माघ १ गते देखि ३ गते सम्म विधालय स्थापनाको ५० औं बर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव सञ्चालन गरेको थियो।
ज्ञानोदय माध्यमिक विधालय व्यवस्थापन समिति का अध्यक्ष कुशुम भण्डारी को अध्यक्ष्तामा सम्पन्न समापन समारोहमा गल्याङ नगरपालिका नगर प्रवक्ता एवम् वडा नम्बर (३ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई,वडा नम्बर ९ का वडा अध्यक्ष नामदेव भट्टराई ,वडा नम्बर ४ का वडा अध्यक्ष ढाकाराम न्यौपाने,वडा नम्बर ५ का वडा अध्यक्ष घनश्याम भट्टराई ,कार्यपालिका सदश्य शशी विक,हिरा खनाल लगायत वडा सदश्यहरु,गल्याङ नगरपालिका शिक्षा शाखा निमित्त प्रमुख हिमाल भण्डारी,नगर शिक्षा समिति का सदश्यहरु, विभिन्न विधालयका शिक्षकहरु लगायत सयौं अभिभावक र विधार्थीहरु को सहभागीता रहेको थियो।