पूजा खड्का
पोखरा, ८ माघ । “युवाको जागर राष्ट्र निर्माणको आधार “भन्ने अभिप्राय सहित गठन भएको युनाइटेड क्लबको आयोजनामा सुरुवात पोखरा महोत्सव नृत्य प्रतियोगितामा बेसलाइन इंग्लिश बोर्डिङ्ग प्रथम भएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धनका लागि भनेर सुरुवात गरिएको पोखरा महोत्सव पोखरा महानगरको अर्चल बोटमा छात्रावासको लागि भवन निर्माण गर्ने उद्देश्य सहित सुरुवात भएको हो।
विद्यालय स्तरीय सामूहिक लोक नृत्य प्रतियोगितामा बेसलाइन इंग्लिश बोर्डिङ्ग स्कूलले ४५ हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यसै गरी सरस्वती आदर्श दोस्रो हुँदै ३० हजार नगद सहित शिल्ड मेडल प्रमाणपत्र हात पार्न सफल भएको छ भने विभूति शिक्षा सदन २० हजार नगद सहित शिल्ड मेडल प्रमाणपत्र हात पार्दै तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ। त्यसै गरी टिक टक प्रतियोगिता मा ४४ लाख बढीले हेर्नुभएको २ लाख ३२ हजार ९ सय ले लाइक गरेर यूनाइटेड क्लबले उत्कृष्ट रहेको भन्दै ५० हजार नगद सहित भोले लामालाई सम्मान गर्ने जनाएको छ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा महोत्सव समापन भएको हो। उहाले यूनाइटेड क्लबले आयोजना गरेको पोखरा महोत्सवको अर्चल बोटमा छात्रावास निर्माण गर्ने उद्धेश्यलाई महानगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसै गरी सामाजिक भूमिका निभाउदै अघि बढेकोमा क्लब प्रति गर्व लागेको व्यक्त गर्दै सामाजिक कार्यमा अग्रसर रहेर अघि बढ्न क्लबहरुलाई अनुरोध गर्नुभएको थियो।
कार्यक्रम मा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चिले यूनाइटेड क्लबको आयोजना मा सुरुवात भएको पोखरा महोत्सवले दर्शकहरुलाई मनोरञ्जन मात्र नभै व्यक्तिको मानसिक र शारीरिक विकासमा सहजीकरण बनेको उल्लेख गर्नुभयो। उहाले महोत्सव किनबेच को माध्यम मात्र नभई भाषा कला र संस्कृति रीतिरिवाज को संरक्षण मा प्रेरणादायी रहेको जिकिर गर्नु भयो। उहाले विद्यालय स्तरीय नृत्य प्रतियोगिता ले जातीयता को परम्परागत शैली लाई बुझ्ने र प्रतिभा प्रस्फुटन गर्ने अवसरमा सहयोगी बन्न सफल रहेको बताउनुभयो। त्यसैगरी उहाले शिक्षा र सेवाका क्षेत्रमा रहेका संस्थालाई कर नबढाइ लागू पदार्थको कर बढाउन महानगर लाई सुझाब गर्नुभयो। संस्कृति र प्रकृति को संरक्षण र प्रवर्द्धन गर्ने सके सुन्दर फूल फुल्छ भन्दै महोत्सव ले शारीरिक र मानसिक रुपमा अघि बढ्न उत्साह थपेको उल्लेख गर्नुभयो। उहाले दूध बेचेर कोकाकोला खान प्रेरित नभई दूध नै खाने गरेमा स्वस्थ हुने बताउँदै आयु लामो हुने जिकिर गर्नुभयो।
त्यसैगरी सुरक्षा निकाय मा कार्यरत कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलीया ले बोल्दै महोत्सव सुरुवात सँगै कुनै पनि अप्रिय घटना नभै शान्तिपूर्वक सम्पन्न भएको मा क्लबलाई धन्यवाद भन्दै आर्थिक गतिविधि चलायमान हुने प्रक्रिया महोत्सव भएको जनाउँदै विकृति र विसंगति लाई अन्त्य गर्न जिल्ला प्रहरी कार्यालय कास्की अघि बढेको जनाउनुभयो। त्यसै गरी क्लबले सहकार्य गरी अघि बढ्ने मा आफू विश्वस्त रहेको जानकारी गराउनुभयो। त्यसै गरी क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल ले महोत्सवको कर तिरेको अवगत गराउँदै महानगरले कर को विषय मा दुःख दिएको मा सहजीकरण को लागि महानगर प्रमुख मेयर धनराज समक्ष सहजिकरणको लागि माग राख्नुभएको थियो।
यूनाइटेड क्लबका अध्यक्ष लोक बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम मा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तव्य राख्नु भएको थियो भने क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा अमरसिंह मा वि का प्राध्यापक शेर बहादुर थापा, बन्दीपुर केबलकार का रामचन्द्र शर्मा, चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, इन्द्र गुरुङ्ग लगायत महोत्सव प्रायोजक सह प्रायोजक, महोत्सव प्रेमी बौद्धिक व्यक्तित्वहरू विभिन्न संघ संस्था आबद्ध पदाधिकारी सर्वसाधारण, महोत्सव को शोभा बढाउने दर्शकहरु महोत्सव मा मनोरञ्जन बढाउन अग्रसर कलाकारहरु, सुरक्षा निकाय लगायत विविध क्षेत्रमा आबद्ध सदस्य हरुको उल्लेखनीय सहभागिता सहित पुस २५ बाट सुरु भएर माघ ७ सोमबार कार्यक्रम मा जेम्सी को लाईभ कन्सर्ट सँगै दर्शक हरु अमरसिंह चौर मा झुमिरहेका थिए।