काठमाडौँ, १३ माघ । नेपाली कांग्रेसले आगामी संसद् अधिवेशनमा एक ढिक्का भएर जनताका मुद्दा उठाउने भएको छ । आइतबार बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको कांग्रेस सांसद रामहरि खतिवडाले बैठकपछि जानकारी दिनुभयाे । साथै बैठकमा हिउँदे अधिवेशन, पार्टी र सकारका काम कारबाहीका बारेमा समेत छलफल भएको खतिवडाको भनाइ छ ।
खतिवडाले भन्नुभयाे, ‘बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारका कामकारबाहीबारे धारणा राख्नुभयो त्यस्तै महामन्त्री गगन थापाले केही कुरा राख्नुभयो ।’ बैठकमा सरकारले राम्रा कामहरूको सुरुवात गरेको भन्दै यो गठबन्धनको सरकारलाई आगामी ८४ सम्म लैजानेबारे समेत छलफल भएको पनि उहाँले जानकारी दिनुभयाे ।
त्यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेशका बारेमा विज्ञहरूले प्रकाश पारेको बताउनुभयाे । भोलिदेखि सांसदहरूले बोल्ने र नेताहरूले जवाफ दिने घिमिरेको भनाइ छ ।