वकिलले फाइल फिर्ता गरेपछि अनुसन्धान प्रतिवेदनमा १ जना प्रतिवादी थपिए

२०८१ माघ १४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १४ माघ ।  चितवनको सहारा बचतको रकम अपचलन गरेको आरोपमा एक जना प्रतिवादी थपिएका छन् । चितवन प्रहरीले एक जना थप प्रतिवादी कायम गर्नुपर्ने राय दिएर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

माघ ४ मा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन सकारी वकिलले निर्देशन सहित फिर्ता गरेको थियो । निर्देशनअनुसार थप कागजात र प्रमाण पेस गरेर अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक जना अधिकृतले बताए ।

अनुसन्धान अधिकृतहरूले सहारा बचतको टाँडी शाखामा खाता सञ्चालन गर्ने प्रगति श्रेष्ठलाई पनि प्रतिवादी बनाउन राय दिएको छ । पूरक अभियोगमा पूर्व उप प्रधान एवं गृहमन्त्री रवि लामिछाने सहित १५ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय दिइएको छ ।

यसअघि १७ जनालाई प्रतिवादी बनाएर दर्ता गरिएको अभियोगपत्र अदालतमा विचाराधीन छ । प्रहरीले बचतकर्ताको ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ भराउन मागदावी लिनुपर्ने राय दिएको छ ।

अनुसन्धानबाट गोरखा मिडियासहितका कम्पनीहरूमा ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ अपचलन भएको देखिएको छ । गोरखा मिडियामा सहारा बचतबाट १० करोड ८० लाख ९८ हजार १५१ रुपैयाँ अपचलन भएको भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय