बिधालयमा राजनीति नगर्न पुर्व शिक्षा मन्त्री श्रेष्ठको आग्रह

२०८१ माघ १४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल

स्याङ्जा,१४ माघ । नेपाल सरकारका पुर्व उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले बिधालयमा राजनीति नगर्न आग्रह गर्नुभएको छ । चापाकोट नगरपालिका ९ मा रहेको गंगालाल माध्यमिक विद्यालयको सोमबार स्वर्ण जयन्तीको  उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

स्तम्भमा नाम लेख्ने बिसयको विवाद अल्झिएको स्कुलमा उहाँले स्तम्भमा कसको नाम लेख्ने र नलेख्न विषयमा नअल्झिन आग्रह गर्नुभएको छ । नेपाली काङ्ग्रेसमा पुर्व केन्द्रिय उपसभापति समेत बन्नु भएका श्रेष्ठले उहाँले भन्नुभयो, “स्तम्भमा कसको नाम लेख्ने र कसको नलेख्न विषयमा अल्झिएर तपाईहरुले बहादुर कमाउने काम नगर्नुहोस् । गोपालमानको नाम स्तम्भमा लेख्दैमा माथि पुग्ने र नलेख्दैमा सिधिने होइन् । तर तपाईहरुको नियत राम्रो भएन् । कि मलाई नबोल्नुभएको भए हुन्थ्यो ।”

पहिलो दिन विद्याजीलाई बोलाउनु भएको भए पनि हुन्थ्यो भन्दै काँग्रेस नेता श्रेष्ठले भन्नुभयो, “उहाँको नाम लेखेको भए पनि हुन्थ्यो । यस्ता कुराहरु नगर्नुहोला मित्रहरु ।” शिक्षामन्त्री विद्या भट्टराई भव्य सम्मान गर्न सुझाव समेत दिदैँ काँग्रेस नेता श्रेष्ठले विद्यालयको सम्पूर्ण कुरा उहाँ समझ राख्न समेत आग्रह गर्नुभयो ।

माघ १६ गते हुने समापन समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको विशेष उपस्थिति रहने विद्यालयका प्रधानाध्यापक गोपाल रेग्मीले बताउनुभयो ।

त्यसैगरी उहाँले गंगालाल विद्यालयको भवनको डिजाईन र संरचनामा अनावश्यक खर्च गरिएको र दुईवटा भवन अधुरो राखिएको बारेमा चर्चा गर्दै विद्यालयको अधुरो भवन पुरा गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय