वैकल्पिक शक्तिको सिद्धान्त छाडेका छैनौं, बेइमानबाट ठगिएका मात्रै हौं : बाबुराम

२०८१ माघ १६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १६ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफू वैकल्पिक शक्ति निर्माणको सिद्धान्त र विचार नछाडेको बताएका छन् ।

आफूले कहिल्यै पूराना दलसँग मिल्ने नबताएको दाबी गर्दै उनले सहकार्य मात्रै गरेको जिकिर गरे ।

बुधबार पार्टीको विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा भट्टराईले तयार भएको वैकल्पिक शक्तिबाट केही बांगोटिंगो भएको भएको स्वीकार गर्दै त्यस्तो हुनुमा बेइमानहरूबाट ठगिएको बताए ।

‘समयानुकल राजनीति गर्नुपर्छ । संघर्ष गर्नुपर्छ । समय र आवश्यकताको स्वरुप अनुसार संघर्ष गर्नुपर्छ । त्यसमा तपाईंहरू तयार रहनुस्,’ विद्यार्थी संगठनलाई निर्देशन दिँदै उनले भने, ‘हामीले जुन वैकल्पिक शक्ति तयार गरेका छौं, यसमा हो बांगोटिंगो भयो । त्यो हुनुको पछाडि बेइमानहरूसँग सोझो भएर ठगिएका मात्रै हौं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय