अर्जुनचौपारीका ३३ जनाले पाए नागरिकताको प्रतिलिपि

२०८१ माघ १७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युवराज पौडेल
स्याङ्जा ,१७ माघ । स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाले आफ्ना पालिकाभित्रका वृद्ध अशक्त र अपाङ्गहरुका लागि नागरिकताको प्रतिलिपि बनाइदिएको छ । पालिकाले आफ्ना नागरिकहरुका लागि यातायात खर्चसहित सम्पूर्ण व्यवस्थापन गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट प्रतिलिपि र परिचयपत्र बनाएको हो ।

अर्जुनचौपारी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय स्याङ्जासँग समन्वय गरी ३३ जना नागरिकताको समस्या भएका नागरिकहरुका लागि नागरिकताको प्रतिलिपि र राष्ट्रिय परिचयपत्रको सेवा दिइएको जिल्ला प्रशासन कार्यालयका अधिकृत संयोग भट्टराईले जानकारी दिनुभयो । नागरिकता हराएका जीर्ण भएकाहरुका लागि नागरिकताको प्रतिलिपि बनाइएको हो । यसरी सेवा लिनेमा ४० देखि ७० वर्षसम्मका नागरिक रहेको भट्टराईले बताउनुभयो ।

आर्थिक तथा अन्य कारणले जिल्ला प्रशासन कार्यालयसम्म आएर सेवा लिन जटिलता भएका नागरिकहरुको विवरण सङ्कलन गरी यातायात तथा अन्य खर्च व्यवस्थापन गरी पालिकाले प्रशासन कार्यालयमा पठाएको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय