संविधान संशोधनका लागि २०८७ साल कुर्न हुदैन : कोइराला

२०८१ माघ १७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १७ माघ ।  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधान संशोधनका लागि २०८७ साल कुर्न नहुने बताउनुभएको छ ।

विहिवार विराटनगरमा आयोजना गरिएको संविधान संसोधन आवश्यकता र चुनौती विषयक अन्तक्रियामा बोल्दै उहाले प्रधानमन्त्रीले भनेजस्तो संविधान संशोधनका लागि २०८७ साल कुर्न नहुने भन्दै संशोधनका लागि सवैलाई विश्वासमा लिन सुझाव दिनुभयो ।

उहाले २०७२ सालमा हतारमा संविधान बनाइएका कारण संविधान संसोधन गर्नैपर्ने अवस्था रहेको भन्दै दुई दलले मात्रै संशोधन गर्न नहुने बताउनुभयो । उहाले संविधान संसोधन गर्दा सबै राजनैतिक दलहरु बीच सहमति र समझदारी आवश्यक रहेको बताउनुभयो । कोइरालाले २०७२ सालमा संविधान निर्माण गर्दा ताका जनताहरुबाट लिइएका सुझावलाई आधार बनाएर संविधान संसोधन गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा संविधानविद् डा.भीमार्जुन आचार्यले राष्ट्रपति राजनैतिक पद नभएकाले आगामी संविधान संसोधनमा यसलाई स्पष्ट पार्नुपर्ने बताउनुभयो । न्यायपालिकाले मात्र लोकतन्त्र बचाउन सक्ने भएकाले यसलाई निष्पक्ष र स्वतन्त्र बनाउन न्याय परिषदमा बार एशोसिएसन र सरकारको प्रतिनिधित्व हटाउन तथा संसदीय सुनुवाईको प्रावधान खारेज गर्न उहाले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय