सरकारले ल्याएको अध्यादेशका विरुद्ध सदनमा खवरदारी गर्ने

२०८१ माघ १७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १७ माघ । नेकपा माओवादी केन्द्रले सरकारले ल्याएको अध्यादेशका विरुद्ध सदनमा खवरदारी गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले अध्यादेशको प्रक्रिया नै गलत भएको ठहर गर्दै यसका बिरुद्ध सदनमा खवरदारी गर्ने निर्णय गरेको हो ।

अध्यादेशको प्रक्रिया लोकतन्त्रलाई सवलीकरण गर्ने नगरि नआएको र समग्र प्रक्रिया नै गलत भएकाले खवरदारी गर्ने निर्णय गरिएको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

समितिमा रहेका विधेयकका फिर्ता नै नलिई अध्यादेश ल्याउनु गलत भएकाले अस्वीकारको सूचना समेत दर्ता गर्ने निर्णय भएको उहाले बताउनुभयो ।

उहाले अध्यादेश प्रतिस्थापन विधेयकलाई फास्ट ट्रयाकमा पारित गर्ने तयारी समेत उचित धारणा राख्नुभयो । त्यस्तै जनताका आवाजलाई व्यवस्थित र सशक्त रुपमा उठाउने निर्णय समेत भएको पाण्डेले बताउनुभयो ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले सदन शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरि प्रस्तुत हुन सांसदहरुलाई निर्देश समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय