बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भएको छ : प्रधानमन्त्री ओली

२०८१ माघ १८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , १८ माघ। प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट संसद् मुक्त भएको बताउनुभएकाे छ ।

उहाँले शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै आफ्नो कार्यकालको यो ६ महिनामा बारम्बार विश्वासको मत लिनुपर्ने अवस्था अन्त्य भएको भन्दै सरकारले स्थायित्व पाएको चर्चा गर्नुभयाे ।

सत्ताको नाममा प्वाल पारेर फुत्त अर्को डुंगा चलाउने परिपाटी यो अवधिमा अन्त्य भएको प्रधानमन्त्री ओलीले प्रस्ट पार्नुभयाे । उहाँले नीतिगत सुधारका लागि ठोस कार्ययोजना तयार गरी तीव्रता दिइएको पनि बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय