काठमाडौँ १८ माघ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार गठनको साढे ६ महिनाको अवधि निरासाजनक रहेको बताउनुभएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा लिङ्देनले सरकारको पछिल्लो साढे ६ महिनाको उपलव्धी हेर्दा निकै निराशाजनक रहेको बताउनुभएको छ ।
अहिलेको अवस्थामा मुलुकमा सरकार नभएको आभाष भएको उहाले बताउनुभयो । उहाले सरकारले नियमित कुरालाई पनि आफ्नो उपलव्धी गर्न नसुहाउने तर्क गर्नुभयो । बर्तमान सरकारले सुशासन र अर्थतन्त्रमा कुनै सुधार गर्न नसकेको उहाले बताउनुभयो ।
लिङ्देनले बर्तमान सरकारले जनतालाई डलिभरी दिनुको साटो भ्रष्टाचारीलाई उन्मुक्ति दिएको टिप्पणी गर्नुभयो ।
उहाले कांग्रेस–एमाले मिलेर बनेको सरकारले जनतालाई आशा जगाउन सक्नुपर्ने धारणा राख्नुभयो ।