काठमाडौँ, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले रवि लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वग्रहका साथ खनिएको बताउनुएको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उहाले लामिछानेमाथि लगाईएको निलम्बनप्रति आपत्ती जनाउदै अहिले लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वग्रहका साथ खनिएको बताउनुभएको हो ।
उहाले अहिले रास्वपा चरणबाट गुज्रिरहेको र पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको जिकिर गर्नुभयो । छिटै रास्वपाको चौथौ चरण सुरु हुने र सवैले पार्टीको अस्तीत्वलाई स्वीकार गर्ने उहाले बताउनुभयो ।
वाग्लेले संसदीय छानविन समितिको प्रतिवेदनमा लामिछानेको नाम उल्लेख नभएपनि जवरजस्त संगठीत अपराधका नाममा फसाउने काम भएको धारणा राख्नुभयो ।
उहाले नेपालको जाँचबुझ आयोग गठन गरेर सवै नेताहरुको सम्पती छानविन हुनुपर्ने र चलनचल्तीमा आएका सबै काण्डहरूको पनि एकएक गरेर छानबिन समिति माग्ने चेतावनी दिनुभयो ।
उहाले दुईतिहाइको सामथ्र्य भएको वर्तमान सरकारले विधिको शासन स्थापीत गर्न नसकेको बताउनुभयो । उहाले अध्यादेशलाई नियमित लयको रुपमा प्रस्तुत गर्न खोज्नु आपत्तीजनक रहेको बताउनुभयो ।