काँग्रेसले सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई पोखरा बोलायो

२०८१ माघ १९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,१९ माघ। नेपाली काँग्रेसको प्रशिक्षण प्रतिष्ठानको आयोजनामा माघ २२ र २३ गते पोखरामा जिल्लाका सभापति, ७७ वटै जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिलाई प्रशिक्षण दिने भएको छ। पार्टीको आन्तरिक जीवन र गठबन्धन तथा सरकारको काम र पार्टी सुदृढीकरणका लागि सातै प्रदेश र सबै जिल्लाका सभापतिलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो।

 २० गते पोखरा महानगर सम्मेलन र २१ गते सातै प्रदेशका सभापतिसहितको छलफल पनि राखिएको छ। पोखरा महानगर सम्मेलन र प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमका लागि २० गतेदेखि नै काँग्रेस सभापति शेरबहादुर देउवादेखि केन्द्रीय पदाधिकारीहरू पोखरामा रहने छन् ।

काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले दुई दिने कार्यक्रम राखेर जिल्ला सभापतिहरूलाई प्रशिक्षण प्रदान गर्न लागेको हो। सो प्रशिक्षण कार्यक्रममा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायत पदाधिकारीहरूकाे उपस्थित रहनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय