भूमिहीनलाई जमिनको मालिक बनाउन अध्यादेश ल्याइएको होः एमाले सचिव अर्याल (भिडियाे सहित)

२०८१ माघ १९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं, १९ माघ । नेकपा (एमाले) की सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले भूमिहीन नागरिकलाई जमिनको मालिक बनाउन अध्यादेशमार्फत भूमिसम्बन्धी ऐन संशोधन गरिएको बताउनुभएकाे छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे । अव्यवस्थित बसोबासीहरुलाई पनि निश्चित रकम लिएर जमिन उपलब्ध गराउने उहाँले बताउनुभयाे ।

‘भूमिहीन सुकुम्बासीहरुलाई भूमिको मालिक छिटोभन्दा छिटो बनाउन सकियोस् भन्ने मनशायका साथ धेरै चिजमा हात नहालिकन कामलाई छिटो छरितो बनाउने हिसाबले भूमि ऐन संशोधन भएको छ । यो सामाजिक न्यायको हिसाबले ल्याइएको अध्यादेश हो,’– उहाँले भन्नुभयाे ।

त्यस्तै, विदेशी लगानी भित्र्याउन, जनतालाई सरकारबाट प्रदान गरिने सेवाहरु छिटोछरितो तरिकाले प्रदान गर्न अध्यादेश ल्याइएको उहाँले बताउनुभयाे । सचिव अर्यालले अध्यादेश राष्ट्रको हितमा रहेको दाबी गर्नुभयाे ।

अध्यादेश फास्ट ट्रयाकबाट कानुन निर्माण गर्ने माध्यम रहेको उनले बताईन् । कानुन निर्माणका लागि लामो समय लाग्ने भएकाले अध्यादेशमार्फत जनताको समस्या समाधान गर्न खोजिएको उहाँको दाबी छ । अर्यालले अहिले काम गर्दै गरौं भन्ने पवित्र मनशायका साथ अध्यादेश आएको बताउनुभयाे । विगतमा बनेका सबै सरकारहरुले अध्यादेश ल्याएको बताउँदै उनले कानुनले दिएको अधिकार प्रयोग गरेर अहिले पनि अध्यादे ल्याइएको बताईन् ।

‘अध्यादेश राजनीतिभन्दा माथि छ । जनताको पक्षमा छ, राष्ट्रको पक्षमा छ । जब जनताको पक्षमा, राष्ट्रको पक्षमा अध्यादेश छ त त्यसको विरोध गर्नु कुनै तुक छैन । जनपक्षीय अध्यादेशको पनि विरोध गरिन्छ भने हामी स्वार्थी छौं भन्ने कुराको पुष्टि हुन्छ ।’

त्यस्तै, सामाजिक सञ्जाल नियमन विधेयकको सन्दर्भमा आफूहरुको ध्यानाकार्षण भएको उहाँले बताउनुभयाे । सचिव अर्यालले उक्त विधेयक नियमनको निम्ति बनाइएको र नियन्त्रणका लागि नभएको बताउनुभयाे । संसद्मा छलफल भएर सामाजिक सञ्जाललाई नियमन गर्न सकिने गरी विधेयक पास हुने उहाँले बताउनुभयाे ।

अध्यादेशमार्फत कानुन संशोधन भएपछि निजी क्षेत्र र आईटी क्षेत्रका लगानीकर्ताहरु खुसी रहेको उहाँले बताउनुभयाे । भूमिहीन सुकुमबासीहरुले लामो समयदेखि देखेको सपना वर्तमान सरकारको कार्याकालमा पूरा हुने गरी अध्यादेश आएको नेतृ अर्यालको दाबी छ । अरु राजनीतिक दलहरुले कुण्ठा व्यक्त गरेर विरोध गरिरहेको उहाँको भनाइ छ । अध्यादेशमा जोडिएका सबै जनता र सरोकारवालाहरु वर्तमान सरकारसँग खुसी रहेको उहाँले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय