काठमाडौं,२० माघ । राष्ट्रियसभा बैठक चलिरहँदा एक जना सांसद उक्त रक्तचापका कारण बैठकमै ढल्नुभएकाे छ । संघीय संसद् सचिवालय स्रोतका अनुसार बैठकमा पुगेका नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट बैठकमा ढल्नुभएकाे हाे ।
उहाँ उक्त रक्तचाप र सुगरका बिरामी हुनुहुन्थ्याे । उहाँले आजको बैठकमा बोल्नका लागि नाम समेत टिपाउनुभएकाे थियाे ।
अहिले उहाँको संसद् भवनभित्रै उपचार भइरहेको छ ।