ताप्लेजुङको मुक्कुम्लुङ क्षेत्रमा केवलकार निर्माण गर्न नहुने भन्दै काठमाडौंमा प्रदर्शन

२०८१ माघ २१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २१ माघ । ताप्लेजुङको मुक्कुम्लुङ क्षेत्रमा केवलकार निर्माण गर्न नहुने भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

राष्ट्रिय मुक्ति मोर्चा, किरात याक्थुङ चुङलुङ लगाएतका संघ संस्थाहरुले नो केबलकार भन्दै काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले मुक्कुम्लुङ परित्रस्थलमा केवलकार खारेज गर, सुरक्षाकर्मी फिर्ता गर, आदिवासीको भूमि फिर्ता गर, आदिवासीलाई विस्थापित गर्ने बिकास चाहिदैन लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

त्यस्तै उनीहरुले जनताहरुमाथि गोली चलाउने काम भएको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय