काठमाडौँ ,२३ माघ । सभामुख देवराज घिमिरेले आज दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।
अध्यादेश लगायतका विषयमा छलफल गर्न आज दिउँसो ३ बजे प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकलाई बोलाइएको छ ।
सिंहदरबारमा हुने छलफलमा बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेन्डाबारे पनि छलफल हुने बताइएको छ ।