काठमाडौं, २३ माघ । बुधबार सुनको भाउ तोलामा २२ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँ मूल्य निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस साढे २८ सय डलर नाघेको छ । चाँदीको भाउ तोलामा ४५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९३० रुपैयाँ रहेको चाँदी यस दिन १९७५ रुपैयाँ पुगेको छ ।