सर्वोच्चको सर्भर डाउन हुँदा चितवनमा रविको बयान ढिला सुरू

२०८१ माघ २३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन, २३ माघ । साहारा चितवन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवन दायर मुद्दामा बयान सुरू भएको छ ।

जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा उक्त मुद्दाको सुनुवाइ भइरहेको हो । रविविरुद्ध चितवनमा हिजो मुद्दा दायर भएको थियो । उनी साढे ९ मै अदालतमा उपस्थित भएका थिए । तर, सर्वोच्च अदालतको सर्भर डाउन भएकोले ९:३० बजे नै अदालत पुगेपनि बयान प्रक्रिया पौने १२ बाट मात्र सुरू भयो ।

रविको बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि अदालतले साधारण तारेख वा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलानमध्ये एक आदेश दिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय