सरकार नियमावलीको आधारमा कानुन बनाएर भ्रष्टाचार गर्न तयार छ : सांसद लामा

२०८१ माघ २८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , २८ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले सरकार ऐन कानुनका आधारमा नभई नियमावलीको आधारमा आफू अनुकूलको कानुन बनाउन उद्धत रहेको आरोप लगाउनुभएकाे छ । सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै लामाले पारित भएर आएको कानुनबाटै सरकार नियमावलीको आधारमा कानुन बनाएर भ्रष्टाचार गर्न तयार रहेको स्पष्ट भएको बताउनुभएकाे हाे  ।

जनताका समस्या र विकास निर्माणका सवालमा ध्यानाकर्षण गराएका कुरा सरकारले सुन्न छोडेको उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘सरकार ध्यानाकर्षण गराएका कुराहरू सुनिरहेको छैन । सुनोस् पनि कसरी सरकार ऐन, कानुनमा टेकेर हैन नियमावली हेरेर ऐन कानुन परिवर्तन गर्न जोड दिइरहेको छ । पारित भएर आएको कानूबाट सरकार ऐन र कानुनको माध्यमबाट नभई नियमावलीमा टेकेर कानुन निर्माण गरेर भ्रष्टाचार गर्न तयार रहेको छ भन्ने प्रस्ट भएको छ । जनताको समस्या जताततै छ सभामुख महोदय कहाँबाट सुरु गरौँ ?’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय