मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित

२०८१ माघ २८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२८ माघ । मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित भएको छ ।

सोमबार बसेका राष्ट्रियसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले मिडिया काउन्सिल विधेयक २०८० लाई पारित गरियोस् भनी पेश गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत भएको हो । त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री गुरुङले मिडिया क्षेत्रको नियमन गर्ने अधिकार मिडिया काउन्सिललाई दिने गरि कानून निर्माण गरिएको बताउनुभयो ।

बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको विधायन सम्बन्धी विधेयक २०८० सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबुल गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक फाल्गुन ४ गते आइतबार बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय