गुल्मीमा आगोमा जलेर एकजनाको मृत्यु

२०८१ माघ ३०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ३० माघ । आगो ताप्ने क्रममा जलेर गुल्मीमा एकजनाको मृत्यु भएको छ ।

धुर्कोट गाउँपालिका–७ वाग्लामा आगो ताप्ने क्रममा जलेर ८० वर्षीय इन्द्रलाल गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी चिरञ्जीवि दाहालले जानकारी दिए ।

मंगलबार राति ११ बजेतिर आगो तापेर बसिरहेको बेला जलेर मृत्यु भएको उनका भाई टेकराजले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय