सिंगो पार्टी आत्मनिर्भर अभियानमा केन्द्रित होऔं : प्रचण्ड

२०८१ फाल्गुन १, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गुल्मी, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको अभियानमा केन्द्रित गर्नुपर्ने बेला आएको बताएका छन् ।

गुल्मीको धुर्कोट गाउँपालिका बर्बोटमा निर्मित शहीद शमशेर स्मृति पार्क समुद्घाटन तथा शहीदहरूको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

जनयुद्ध र जनआन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि मुलुकमा एक चरणको राजनीतिक क्रान्ति संस्थागत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब जनतालाई समृद्ध र देशलाई आत्मनिर्भर बनाउने अभियानको थालनी गर्नुपर्ने बताए ।

‘एकथरिले मुलुकमा केही भएको छैन भन्ने गरेका छन् । त्यसो होइन, गणतन्त्र स्थापनापछि धेरै क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको छ,’ उनले भने, ‘तर, जनताको उत्पादन क्षमतामा वृद्धि नहुँदा जनताले महसुस गर्ने गरी परिवर्तनको अनुभूति गर्न सकिरहेका छैनन् । अब हामीले सिंगो मुलुकलाई एकताबद्ध गरेर राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकासलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने बेला आएको छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय