सत्ता पक्षीय दलको बैठक बस्ने

२०८१ फाल्गुन ३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ३ फागुन ।  सत्ता पक्षीय दलको बैठक शनिबार बस्ने भएको छ ।  बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको सचिवालयले बैठकको मिति तय भएको जानकारी दिँदै अध्यादेशलगायतका विषयमा छलफल हुने जनाएको छ ।

यसअअघि शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । सो बैठकले सत्ता पक्षीय बैठकमार्फत अध्यादेशका बारेमा निष्कर्षमा पुग्ने निर्णय गरेको थियो। सत्ता पक्षीय बैठकमा टीआरसीका विषयमा पनि छलफल गर्ने सत्तापक्षको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार