काठमाडौं, ४ फागुन । चन्द्रागिरिमा घरको रेलुङबाट खसेर एक जनाको मृत्यु भएको छ ।
चन्द्रागिरि नगरपालिका-५ हाइभिजनस्थित वीरबहादुर घलेको घरको रेलिङबाट लडेर दोलखाको सैलुङ गाउँपालिका-३ का ५२ वर्षीय होमबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
मृतक श्रेष्ठ वीरबहादुरका छोरा जितेन्द्रका साथी हुन् । उनी आज बिहान जितेन्द्रको घरको दुई तलामाथि छतमा बसेर घाम तापिरहेका थिए । त्यहाँबाट झर्ने बेला रेलिङमा अड्किएर भुईंमा खसेको प्रहरीले जनाएको छ ।
भुईंमा खसेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि एपीएफ अस्पताल पुर्याइएकोमा चिकित्सकले आज बिहान पौने १० बजे मृत्यु घोषणा गरेका थिए ।