काठमाडौं, ४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुर वर्न अस्पताल पुगेर उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्था बुझेका छन् । राष्ट्रपति पौडेल आइतबार बिहान अस्पताल पुगेर मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
राष्ट्रपति पौडेललाई स्वास्थ्य सचिव डा। रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री उपचाररत् पौडेल र आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेल, प्रतिनिधिसभा सदस्य देवि भट्टचनसमेत अस्पताल आइपुगेका थिए ।
मन्त्री पौडेल र मेयर आचार्य शनिबार पोखरा भ्रमण वर्षको उद्घाटनको क्रममा शनिबार उडाउन लागिएको बेलुन आगोमा परेर पड्किएपछि घाइते भएका थिए ।