काठमाडौं, ४ फागुन । सत्तापक्षका प्रमुख सचेतकहरूको बैठकमा जनता समाजवादी पार्टी (नेपाल) अनुपस्थित रहेको छ ।
आइतबार बिहान सत्तापक्षका प्रमुख सचेतकहरूको बैठक सिंहदरबारमा बसेको थियो । नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकमा अध्यादेश अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो ।
तर, जसपा नेपालबाट उपस्थिति रहेन ।
एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार अनुपस्थित रहेता पनि टेलिफोनमा संवाद भएको छ ।
‘उहाँहरूसँग पनि छलफल भएको छ । हिजो (शनिवार) पनि छलफल भएको छ । उहाँहरू आज (आइतबार) बाहिर भएको कारणले गर्दा यहाँ (सत्तापक्षका प्रमुख सचेतकहरूको छलफलमा) आउन सक्नुभएन । तर हाम्रो टेलिफोनमा संवाद, छलफल भएको छ,’ बर्तौलाले भने ।
अध्यादेशलाई स्वीकृत गरेर अगाडि जानका लागि समस्या नहुने विश्वास रहेको एमालेका मुख्य सचेतक बर्तौलाले पटक–पटक दोहोर्याए । राजनीतिक दलले नीति निर्माण गर्ने सन्दर्भमा आफ्नो मत राख्नु स्वभाविक रहेको बताए ।
उनी थप्छन्, ‘पाँच वटामा उहाँहरूले समस्या छैन भन्नुभएको छ । भूमिसँग सम्बन्धी अध्यादेशमा उहाँहरूले केही फरक मत छ । त्यो के हो कन्ेटन आएपछि आउने हो । छलफल गरेर त्यसलाई पनि समावेश गर्न सकिन्छ ।’