भारतीय कलेजको तर्क : नेपाली विद्यार्थीले तनाव दिए, त्यसकारण घर जान सल्लाह दियौं

२०८१ फाल्गुन ५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,५  फागुन । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी-टेक पढिरहेकी नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएपछि कलेजले घटनाको ढाकछोप गर्न खोजेको छ ।

छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु र त्यसअघि उनले निरन्तर भोगिरहेको दुर्व्यवहारबारे केआईआईटीले विज्ञप्ति जारी गरेर भनेको छ, ‘ हाम्रो प्रशासनले नेपाली विद्यार्थीको मृत्युको घटनालाई लिएर १० घण्टादेखि शान्तिपूर्वक धेरै पटक परामर्श गर्न खोज्यो, शान्तिपुर्वक सम्झाउन खोज्यो । तर नेपाली विद्यार्थीहरूले कानुनलाई उल्लंघन गर्दै कलेजमा तनाव सिर्जना खोजे। उनीहरूले सार्वजनिक सडकमा पनि १ घण्टा अवरूद्ध गरेर थप तनाव दिए ।’

यतिमात्रै होइन कलेजले मृत्युको घटनालाई सहज र पूर्वाग्रहरहीत तरिकाले अनुसन्धानलाई निरन्तरता दिन नेपाली विद्यार्थीलाई घर जान सल्लाह दिएको बताएको छ । ‘ घटनाको बारेमा निष्पक्ष भएर छानबिन नहुँदासम्मका लागि हामीले नेपाली विद्यार्थीलाई तत्काल स्थानीयहरूको सहयोगमा घर जान सल्लाह दिएका हौं।’

यसका साथै कलेजले विद्यार्थीहरूको एकेडेमिक कक्षा चाँडै सञ्चालन हुने र यसमा विशेष ध्यान दिइने पनि बताएको छ । यसका लागि कलेजले होस्टेलमा बसेका र अस्थायी रुपमा निकालिएका विद्यार्थीहरूको निलम्बन फिर्ता लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय