गोरखा पुगेर प्रचण्डले भेटे जनयुद्धमा तीन छोराछोरी गुमाएका बुबाआमालाई

२०८१ फाल्गुन ८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ८ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा पुगेर जनयुद्धका सहिद परिवारसँग भेट गरेका छन् ।

गोरखा नगरपालिका वडा नम्बर १४ गोप्लिङमा तीन छोराछोरी गुमाएका सहिदहरूका बुवा नरबहादुर नहर्की र आमा लक्ष्मी नहर्कीसहित परिवारसँग भेट गरेका हुन् ।

उनीहरूको छोरा गुप्तबहादुर नहर्की ‘ज्वाला’ २०५५ पुस १३ गते गोरखाको केराबारीमा, छोरीहरू सरस्वती नहर्की ‘बिपना’ २०५६ वैशाख ८ गते गोरखाको बाक्राङ र कल्पना नहर्की ‘नमूनाले २०५८ असार २३ गते लमजुङ बिचौरमा ज्यान गुमाएको थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय