संविधान संशोधनका लागि राजनीतिक दलहरुबीच सहमति कायम हुन्छ : गृहमन्त्री लेखक

२०८१ फाल्गुन ९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ ,९ फागुन । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका लागि राजनीतिक दलहरुबीच सहमति कायम गर्ने बताउनुभएको छ ।

बिहीबार भक्तपुरमा नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौं राष्ट्रिय परिषद् उद्घाटन गर्दै गृहमन्त्री लेखकले संविधान संशोधनका लागि आवश्यक बिषय पहिचान गरेर राजनीतिक दलहरुबीच सहमति कायम गर्दै अघि बढ्ने बताउनुभएको हो ।

उहाले केहि दिनमा नै दुईदलको कार्यदल बनाइ संशोधनको काम सुरु गर्ने जानकारी दिनुभयो । गृहमन्त्री लेखकले मुलुकको आर्थिक स्थीतिलाई सुधार गर्दै आर्थिक समृद्धिको दिशातर्फ सरकार अघि बढेको उल्लेख गर्नुभयो ।

अहिलेको गठबन्धन मुलुकमा दिगो शान्ति, बिकास र समृद्धिको उदेश्य पुरा गर्नका लागि गठन भएको उहाको भनाइ छ ।

उहाले मुलुकको आवश्यकताका आधारमा सरकारले अध्यादेश ल्याएको भन्दै सदनबाट पारित हुने दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय