माओवादीसँग मिल्दैछ भनेर हामीविरुद्ध कुप्रचार हुँदैछ : माधव नेपाल

२०८१ फाल्गुन ९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ९ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले र माओवादीसँग मिल्दैछ भनेर भइरहेको प्रचारको खण्डन गरेका छन्।

पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै आफूहरू पार्टी एकताबद्ध बनाएर जाने पक्षमा रहेको बताए।

उनले भने, ‘हाम्रो पार्टीको विषयमा अनेक कुप्रचार हुँदैछन्। कसैले कहिले एमालेसँग यो पार्टी मिल्ने भयो भनेर कसैले माओवादीसँग मिल्न जाने भनेर, यस्ता कुनै पनि कुप्रचारको भ्रममा पर्न आवश्यक छैन। हामी हाम्रो पार्टीलाई बलियो र सशक्त बनाउन चाहन्छौँ।’

आफूहरूले दक्षिणपन्थी अवसरवादको विरुद्ध गरेको विद्रोहको औचित्य दिनदिनै पुष्टि हुँदै गएको जिकिर गरे।

उनले आफूहरू अहिले समाजवादी र वामपन्थी शक्तिहरूलाई साथ लिएर अघि बढ्ने पक्षमा रहेको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय