काठमाडौँ, ९ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा नै हुने बताउनुभएको छ ।
शुक्रबार विराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री थापाले महाधिवेशनको तयारी शुरु भईसकेको भन्दै तोकिएको समयमा नै सम्पन्न हुने बताउनुभएको हो । अधिवेशनको समयमा मात्र प्रतिस्पर्धा गर्ने प्रणाली विकास गर्न र अन्य समय पार्टी संगठन र अन्य जिम्मेवारी पूरा गर्नमा समय लगाउन नेता तथा कार्यकर्ताहरुलाई उहाले आग्रह गर्नुभयो ।