जनकपुर, १० फागुन । जनता समाजवादी पार्टीका नेताहरुले, उपेन्द्र यादवले एकलौटी रुपमा पार्टी चलाउन खोजेकाले आफूहरु अलग हुन बाध्य भएको टिप्पणी गरेका छन् ।
जनकपुरधाममा शुक्रबार अबेर साँझसम्म चलेको जसपाको मधेश प्रदेश अगुवा कार्यकर्ता भेला कार्यक्रममा सहभागी नेताहरूले यस्तो टिप्पणी गरेका हुन् ।
कार्यक्रममा जसपा अध्यक्ष अशोक राईले उपेन्द्र यादवप्रति टिप्पणी गर्दै एउटा मान्छेको खेला जस्तो पार्टी भएपछि आफूहरू अलग भएको धारणा राखेका थिए । उनले यादवले पार्टीलाई व्यवस्थित गर्न नसकेको, बैकल्पिक शक्ति बनाउन नसकेको र एउटा मान्छेको खेला जस्तो पार्टी भएपछि अलग भएको बताए ।