काठमाडौंको स्वयम्भू क्षेत्रमा शनिबारदेखि ‘स्वयम्भू महोत्सव’ सुरु

२०८१ फाल्गुन १०, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१० फागुन । काठमाडौंको स्वयम्भू क्षेत्रमा शनिबारदेखि ‘स्वयम्भू महोत्सव’ सुरु भएको छ ।

काठमाडौँ महानगरपालिकाको वडा नं. १५ को आयोजनामा स्वयम्भूको भुइँखेल चौरमा सुरु महोत्सव फागुन १७ गतेसम्म चल्नेछ ।

वडामा भएका प्राचीन धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा सामाजिक मठ मन्दिर, चैत्य, गुम्बासहितका मूर्त सम्पदा तथा संस्कृति र परम्परा जस्ता विविधतायुक्त अमूर्त सम्पदाले सजिएको वडालाई सद्भावपूर्ण पहिचानको प्रवर्धन गर्न महोत्सव आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।

‘स्वयम्भू महोत्सव’ को उद्घाटनमा काठमाडौं महानगरका प्रमुख बालेन शाहले महोत्सवले सांस्कृतिक क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाले नेपाली विशेषताको धर्म, कला, संस्कृति र खानेकुराको प्रचारप्रसार हुने र नयाँ पुस्तालाई यसबारे जानकारी गराउन महोतसव महत्वपूर्ण हुने जिकिर गर्नुभयो ।

स्वयम्भू महाचैत्य, महाचैत्य स्थापनासँग मञ्जुश्रीको सम्बन्धका विषयमा जोडिएको लोककथा, जामुन गुमाजुको तान्त्रिक विद्यामा आधारित शान्तिपुर स्वयम्भू क्षेत्रमा रहेका छन् ।

उक्त वडामा गुंला पर्व, वुद्ध जयन्ती, बौद्धबाट सुरु भएर स्वयम्भूमा सकिने तेमाल जात्रा, हिमाली भेगका मानिसले मनाउने साकाधावा, साउनमा हुने रोपाइँ मेला लगाएतका जात्रा हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय