कांग्रेस सांसद न्यौपाने दिइन पूर्वराजा ज्ञानेन्द्रलाई ०८४ को चुनाव लड्ने चुनौती

२०८१ फाल्गुन ११, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,११ फागुन। नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर संसदमा आउन चुनौती दिनुभएकाे छ।

आइतबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उहाँले सत्तामा फर्किने मन भए चुनाव लडेर आउन आह्वान गर्नुभयाे ।

‘सत्तामा नै यदि फर्किने चाहना छ भने टिका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस्’ उहाँले भन्नुभयाे।

पूर्वराजाका समर्थकलाई पनि यही बाटो अवलम्बन गर्न उहाँको आह्वान छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय