न्हुँ पोखरी संरक्षण गर्न ललितपुर महानगरले वडा कार्यालयमाथि नै चलायो डोजर

२०८१ फाल्गुन १२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१२ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाले अनधिकृत रुपमा बनेका संरचनामाथि डोजर चलाएको छ । ललितपुर-५ मा रहेको न्हुँ पोखरी संरक्षण र पुनर्निमार्णका लागि ५ नम्बर वडा कार्यालयसहित अन्य अस्थायी तथा अनधिकृत संरचनामा सोमबार बिहान डोजर चलाएको हो ।

मेयर चिरिबाबु महर्जनले महानगरपालिकाले ऐतिहासिक पोखरीहरु पुनजार्गरण योजना बनाइरहेको र त्यसका लागि अनधिकृत संरचनाहरु हटाउने काम भइरहेको बताए ।

‘महानगरले सप्तपातल पोखरी बनाइरहेका छौं । यस्तै राजदललले लिएको ३ वटा पोखरी फिर्ता ल्याएका छौं । यहाँ ऐतिहासिक पोखरी छ । यो छोपिएको छ, अब यो खोल्दै छों’, उनले भने, ‘यहाँ हाम्रै ५ नम्बर वडा कार्यालय लगायत भवनहरु बनेका छन् । त्यो आजबाट भत्काउन सुरु गरेका हौं । न्हुँ पुखु :(पोखरी) ऐतहासिक हो । तर यो छोपिएको कारण पोखरीको अस्तित्व मेटिएको अवस्था छ ।’

उनले पोखरीको पूर्वी क्षेत्रमा अझै विस्तारकै क्रममा रहेकाले त्यहाँका १० वटा सटरसहित आफ्नै वडा कार्यालय पनि भत्काएको बताए । ‘३ वटा घर र अस्थायी संरचना भत्काउन बाँकी छ । पहिले यो पोखरीमा हात्ती डुब्थ्यो रे भन्ने सुनिन्छ तर अहिले छोपिएको छ । अब हामी पुरानै अवस्थामा फर्काउँछौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय