काठमाडौंमा सुरु भयो डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

२०८१ फाल्गुन १५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१५ फागुन । काठमाडौंमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ ।

महान्यायाधिवक्ता कार्यालयको आयोजनामा बिहीबारदेखि सुरु भएको सम्मेलनमा १३ देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ । सम्मेलनको बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएकाे हाे ।

सम्मेलनमा सर्वोच्च अदालतका न्यायाधीश सपनाप्रधान मल्लले डिजिटलको माध्यमबाट हुने सबै प्रकारका अपराधहरूलाई सरकारले नियन्त्रण गर्नुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, डिजिटल अपराध, त्यसका प्रवृत्ति, अनुसन्धान अनि न्यायनिरुपणका विषयमा  सरकारले गम्भीर भएर अनुसन्धान गर्नुपर्छ। यसले देशकै अर्थतन्त्रमा असर गर्छ।’

डिजिटलको माध्यमबाट हुने अपराधहरूको मुद्दा अहिले अदालतमा बढ्‍न थालेको भन्‍दै उहाँले यसका लागि विभिन्न सामाजिक सञ्जालहरूलाई स्वदेशको कानुनमा आधारित रहेर दर्ता हुन जरूरी रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय