काठमाडौँ , १५ फागुन । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीमा एकल नस्लवादी सोच रहेको आरोप लगाउनुभएकाे छ ।
दुई दिनसम्म चलेको पार्टीको केन्द्रीय समितिको बैठकपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले ओलीको यस्तो प्रवृत्तिविरुद्ध आन्दोलन हुने समेत बताउनुभयाे ।
प्रधानमन्त्री ओलीको एकल नस्लवादी सोच भएकै कारण पहिचानवादीले आफ्नो अधिकारी नपाएको उहाँले दाबी गर्नुभयाे ।