विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन सकेन : परराष्ट्रमन्त्री देउवा

२०८१ फाल्गुन १६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१६ फागुन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताउनभुएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा भाग लिइ शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री राणाले विपिन जोशीको यथार्थ जानकारी प्राप्त हुन नसकेपनि रिहाइका लागि भने पहल गरिरहेको बताउनुभएको हो । हमासको कब्जामा नेपाली रहेको भए रिहाइका हुने आश्वासन अन्तराष्ट्रिय जगतबाट पाएको उहाले बताउनुभयो । विपिन जोशीको रिहाइका लागि अधिकतम कुटनीतिक पहल गरेको उल्लेख गर्नुभयो ।

त्यस्तै उहाले उच्चस्तरीय सत्रमा नेपाललाई मानवअधिकार परिषदको सदस्यमा मत दिन आग्रह गरिएको जानकारी दिनुभयो । मानवअधिकारको रक्षा र प्रवर्धनमा नेपालको प्रतिवद्धताका बिषयमा जानकारी गराइएको उहाले बताउनुभयो ।

उहाले जेनेभामा रहदा बिभिन्न देशका बिदेशमन्त्रीहरुसंग महत्वपूर्ण द्विपक्षीय भेटवार्ता भएको जानकारी दिनुभयो । मन्त्री डा देउवा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार